लकडाउन खुकुलो बनाउन विज्ञहरुको सुझाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७७, बिहीबार ०५:०९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् ।

बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणकाबीच कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिनुभयो,’ प्रेस सल्लाहकार थापाले भने, ‘विभिन्न क्षेत्रका २५ जना विषयगत विज्ञहरूले कोरोना नियन्त्रण तथा रोकथाम र लकडाउन खोल्ने विषयमा आ-आफ्ना धारणा राख्नुभयो ।’

बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव दिन समय दिएका थिए ।

त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारले आवश्यक निर्णय लिने जानकारी दिएको प्रेस सल्लाकहार थापाले बताए ।

बैठकमा अर्थशास्त्री, याेजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविदलगायतको सहभागिता रहेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग पहिलो पटक छलफल गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१