चौतर्फी विरोधपछि सरकारले बढायो कर तिर्ने अवधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७७, बिहीबार ०५:०१

काठमाडौं । सरकारले कर तिर्ने अवधि बढाएको छ । व्यवसायीको चर्को विरोधपछि आन्तरिक राजस्व विभागले करको विवरण बुझाउने म्याद बढाएको हो ।

२५ जेठसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि विभागले ७ देखि १५ असारसम्म शीर्षकअनुसार समय थप गरेको हो । विभागले १५ असारसम्म तोके पनि उद्योगी–व्यवसायीले भने लकडाउन खुलेको कम्तीमा तीन महिना समय चाहिने बताउँदै आएका छन् ।

व्यवसायीहरुले लकडाउनका कारण देशभरका सबै उद्योगधन्दा ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१