युवतीहरु कसरी प्रयोग गर्छन स्त्री कण्डम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०७७, बुधबार ०५:४७

एजेन्सी । सामान्य रुपमा हेर्दा स्त्री कण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर सुखभोग गर्न मिल्दैन । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र घुसाउनु पर्दछ । अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुँदैन यसले विभिन्न संक्रमण निम्त्याउन सक्छ । सुखभोगपछि तुरुन्त झिकेको कण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा के छ भने, पुरुष कण्डम जस्तै स्त्री क’ण्डमसमेत दुई पटक प्रयोग गर्न मिल्दैन ।

सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ । महिला कण्डम एक किसिमको बलियो रबरले नै बनेको हुन्छ । पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुदा केही महङ्गो पनि हुन्छ । महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोगलाई जोड दिन सकिए नचाहेको खन्डमा जन्मने बच्चा र रोगहरुबाट मुक्ति पाउँन सकिन्छ ।

पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएका कुराहरु आइरहन्छन् । महिलाहरुका अनुसार पुरुष कण्डम प्रयोगले चरम आनन्द आउँदैन । नेपालको सन्दर्भमा महिला क’ण्डम प्रयोगको जानकारी र प्रयोगको चलन बढेको छैन । महिला कण्डम प्रयोगबारे नकरात्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा केहि सुधार हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१