काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७७, मंगलवार १७:४२

काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ । कुल ६१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१