६१ जिल्लामा पुग्यो कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७७, मंगलवार १७:३७

काठमाडौं । मंगलबार गण्डकी प्रदेशको पर्वत र प्रदेश ५ को प्युठानमा पहिलोपटक कोरोना भाइरसका संक्रमित फेला परेका छन् । यी दुई जिल्लामा संक्रमित फेला परेसँगै नेपालको ६१ जिल्लामा कोरोनाको संक्रमण पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म प्रदेश १ को नौ जिल्लामा संक्रमित फेला परेका छन् । यी जिल्लामा १६८ जनामा संक्रमण भेटिएको हो । यस्तै, प्रदेश २ को आठ जिल्लामा ८१६ जनामा संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशका १२ जिल्लामा संक्रमण फैलिएको छ । उक्त जिल्लामा ५४ जना संक्रमित भेटिएका छन् । यस्तै, गण्डकी प्रदेशको सात जिल्लामा संक्रमण पुगेको छ । यस प्रदेशको ३७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ को ११ जिल्ला कोरोना प्रभावित रहेको छ । यहाँ ६९९ जना संक्रमित रहेका छन् । यस्तै, कर्णाली प्रदेशका पाँच जिल्लामा २५२ र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ७३ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१