एकनाथ ढकालद्धारा राष्ट्रिय अनलाईन पत्रकार संघलाई मास्क हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७७, मंगलवार १७:२६

काठमाण्डौ । युनिर्भसल पीस फेडेरेसन नेपाल (युपीएफ)ले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री मास्क राष्ट्रिय अनलाईन पत्रकार संघलाई हस्तान्तरण गरेको छ ।

युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानालाई माक्स हस्तान्तरण गरेका हुन् ।
मास्क हस्तान्तरण पछि बोल्दै युनिर्भसल पीस फेडेरेसन नेपाल अध्यक्ष एकनाथ ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको संघर्षमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले पुर्याउदै आएको योगदानको आफुले उच्च मुल्यांकन गरेको बताए । पूर्वमन्त्रीसमेत रहेका ढकालले राष्ट्रिय संकटको घडीमा सबैले सरकारलाई पूर्ण रुपमा सहयोग गर्नु पर्ने बताए । उनले लकडाउनका बेला संकटमा परेका नागरिकका समस्या सरकारले भन्दा पहिले प्रेस जगतले देख्ने भएकाले उनीहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले  लकडाउनको कारण हातमुख जोर्न सकस परेकाहरुको पहिचान गरि प्रभाबकारी ढंगबाट राहत उपलब्ध गर्नु पर्ने लगायतको सुझाब दिए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागि माक्स जरुरी रहेको बताए ।

प्राप्त माक्सलाई आफ्ना सदस्यहरु क्रियाशील रहेका विभिन्न सञ्चार माध्यममा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिन माक्स दिने संघका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिए । आम नागरिकलाई सुसूचित गर्ने कार्यमा अग्रभागमा क्रियाशील हुने पत्रकारहरुको सुरक्षाका निम्ति विभिन्न उपायहरु अपनाउनुपर्ने अवस्था भएका कारण पत्रकारहरुलाई माक्स वितरण गर्ने अध्यक्ष ढुंगानाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१