हामी युद्धमा छौंः ह्वाइट हाउस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार १३:४०

हामी आईएससँग युद्धमा छौंः ह्वाइट हाउस
अमेरिकाबाट औपचारिक रूपमा स्पष्ट

वासिङ्टन, भदौ २८ – अमेरिका इस्लामिक स्टेटका कट्टरपन्थीसँग युद्धमा रहेको ह्वाइट हाउसले शुक्रबार घोषणा गरेको छ । यसलाई सिरियासम्बन्धी नीतिका विषयमा अर्को अर्थपूर्ण परिवर्तनको रूपमा लिइएको छ । टेलिभिजनसँग शृङ्खलावद्ध अन्तर्वार्ताहरूमा विदेशमन्त्री जोन केरीले आईएसविरुद्ध अमेरिकी कारवाही इराक तथा सिरियामा विस्तार गरेको भन्ने कुरालाई भने बताउन चाहेनन् ।

उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाको दृष्टिकोणलाई ह्वाइट हाउस तथा पेन्टागनले स्पष्ट पारेको बताए । अमेरिका अल–कायदा तथा ऊसँग आवद्ध संस्थाहरूविरुद्ध विश्वव्यापी रूपमा युद्धमा रहे झैँ आईएसआईएलसँग पनि युद्धमा रहेको ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले बताए । पेन्टागनका प्रवक्ता रियर एडमिरल किर्बीले अमेरिका इराकमा अन्तिम युद्धमा नरहेको बताउँदै अर्नेस्टको जस्तै भाषा प्रयोग गरे । राष्ट्रपति ओबामा बुधबार फ्लोरिडाको ट्याम्पा पुग्नुहुने तथा मध्यपूर्वमा अमेरिकी सेनालाई नियन्त्रण गर्ने युएस सेन्ट्रल कमान्डका उच्च कमान्डरहरूलाई जानकारी दिनुहुने कार्यक्रम रहेको छ ।

अमेरिकी विदेशमन्त्री केरी हाल मध्यपूर्वमा आईएसविरुद्ध गठबन्धनका लागि भ्रमणमा छन् । उनले अन्तर्वाताहरूमा युद्ध भन्ने शब्द प्रयोग नगरी अमेरिका अभियानमा रहेको बताए । उनले अमेरिका आतङ्कवादविरोधी कारवाहीमा रहेको र यो दीर्घकालीन कारवाही भएको सीबीएस न्युजलाई बताए । यसो भए पनि इराकमा गत केही सातामा अमेरिकी विमान तथा चालकविहीन विमानले इस्लामिक स्टेटका लक्ष्यहरूमा १६० पटक आक्रमण गरेका छन् । अर्नेस्टले शुक्रबार राष्ट्रपति ओबामाले इराक तथा सिरियामा आईएसआईएललाई कमजोर बनाउँदै नष्ट गर्ने अभियान आरम्भ गर्नुभएको र यो अघिल्लो इराक युद्धभन्दा फरक भएको बताएका छन् ।

बुधबार अमेरिकी राष्ट्रपति ओबामाले साँझको टेलिभिजन सम्बोधनमा इराकमा आईएसमाथि हवाई आक्रमण विस्तार गरिएको र यो समूहमाथि सिरियामा पनि आक्रमण गरिने बताएका थिएँ । उनले सिरियाका सुधारवादी विद्रोहीलाई आईएससँग युद्ध गर्न तालिम दिइने बताएका थिए । उनले यस अवधिमा अमेरिकी सैनिक जमिनमा तैनाथ नगरिने बताउनुभएको थियो । बुधबार राष्ट्रपति ओबामाले आफ्नो लक्ष्य आईएसलाई नष्ट गर्नु रहेको बताउनुभएको थियो ।रासस/एएफपी/रातोपाटीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१