देशबाहिर अप्ठ्यारोमा परेकालाई उद्धार गर्न सांसदहरुको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७७, शुक्रबार ०६:१८

काठमाडौं । सांसदहरुले देशबाहिर अप्ठ्यारोमा परेकाहरुको उद्धार गरी पिसिआर परीक्षणको दयरा बढाउनमा माग गरेका छन् ।

राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् ।

सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनीय रहेको बताए । अहिले संक्रमित नभए पनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लिकिछिपी फर्किने क्रम नरोकिएकाले भोलि समस्या हुन सक्ने उनले बताए । प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएकाले त्यो पर्याप्त नभएको सांसद चौधरीले बताए। प्रदेशमा कोरोनाका विरामी मात्रै नभएर अन्य बिरामीहरु पनि समस्यामा रहेको उनले बताए । सांसद चौधरीले प्रदेशमा पिसिआर परीक्षणको दायरा बढाउन आग्रह गरे ।

सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्धारका गर्न आग्रह गरे । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उनले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गरे ।

सांसद देवले भने, ‘४०, ४५ लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ, हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौं । व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस् । आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनेका हौं ।’ उनले पिसिआर परीक्षणको दायरा बढाउन पनि माग गरे ।

सांसद शेखरकुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गरेका छन् । स्थानीय तहहरुले क्वारेन्टाइनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उनको सुझाव छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१