मधुमेहलाई टाढा राख्ने ७ साधारण उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७७, बिहीबार ११:०७

काठमाडौ। एउटा यस्तो समय पनि थियो जब मधुमेह–२ को बारेमा कसैलाई थाहा थिएन । तर आजकालको जीवनशैलीका कारण यो रोग निकै नै साधारण भइसकेको छ। प्रत्येक तेस्रो व्यक्ति यो रोगबाट पिडित छन्। तर यदि तपाईं आफूलाई स्वस्थ राख्नुहुन्छ र केही विशेष तरिका अपनाउनुहुन्छ भने यो रोगबाट बच्न सकिन्छ । मधुमेहबाट आफूलाई बचाउनका लागि ७ प्रकारका प्रमुख टिप्सः-

१ भिटामिन डी
मधुमेहबाट बच्न चाहनुहुन्छ भने तपाईंले प्रचुर मात्रामा भिटामिन डी को सेवन गर्नुपर्ने हुन्छ । भिटामिन डीयुक्त खानाको सेवनले तपाईं आफूलाई मधुमेहबाट बचाउन सक्नुहुनेछ ।

२ जुसको प्रयोग
उखुको रसले शरिरको ब्लड सुगर लेभललाई नियन्त्रित गर्ने गर्दछ । तपाईं भोजनमा यसको प्रयोग गर्नुहोस् वा सलादमा हालेर खानुहोस् । यसले तपाईंको मधुमेहको खतरा निकै कम हुने गर्दछ ।

३ धुम्रपान बन्द गर्नुहोस्
यदि तपाईं धुम्रपान गर्नुहुन्छ भने आजबाट बन्द गर्नुहोस् । मधुमेहको खतरा, धुम्रपान रोगीहरुलाई सबैभन्दा बढि हुने गर्दछ ।

४ चिनीको सेवन बन्द गर्नुहोस्
यदि तपाईंलाई मधुमेहको डरले सताउने गर्दछ भने चिनीको सेवन बन्द गर्नुहोस् ।

५ बेसार मधुमेहको लागि निकै लाभदायक साबित हुने गर्दछ । यसको पर्याप्त सेवन गर्दा मधुमेहको खतरा ५० प्रतिशत कम हुने गर्दछ ।

६ म्याग्नेसियमको प्रयोग खानामा प्रचुर मात्रामा म्याग्नेसियमको प्रयोग गनुहोस् । यसले मधुमेहको खतरालाई क मगर्ने गर्दछ । आफ्नो आहारमा म्याग्नेसियमयुक्त खाद्य पदार्थ जस्तैः हरियो पात भएको साग, ब्रोकोली, एभाकाडोजस्ता खाद्य पदार्थ समावेश गर्नुहोस् ।

७ दालचीनीको प्रयोग
खानामा दालचीनीको प्रयोग गर्दा मधुमेहको खतरा कम हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रा नियन्त्रित हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१