राष्ट्रपतिको उद्घोष : देशमा अब ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७७, शनिबार ०५:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै पनि नेपाली गरिबीका कारण खान नपाउने अवस्था अन्त्य गर्ने उल्लेख गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।

नेपाललाई कोरोना भाइरसको महामारी मुक्त देश बनाउने पहिलो प्राथमिकतामासहित सरकारको नीति तथा कार्यक्रम अगाडी बढाइएको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई उच्च प्राथमिकतामा दिइएको छ । जेठ १५ गते सरकारले यही नीति तथा कार्यक्रमकै आधारमा आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ । भिडियो :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०