४२ पत्रकारसहित १०२ जनाको स्वाब सङ्कलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०७७, शनिबार ०५:१६

कलैया । कलैया अस्पतालले पत्रकार र स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरेको छ । पर्सामा कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र दुई जना पत्रकारमा सङ्क्रमण देखिएपछि बाराको कलैया अस्पतालमा पत्रकारहरुको स्याब सङ्कलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाराको पहलमा ४२ जना पत्रकारको स्वाब सङ्कलन गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष कमलकुमार उपाध्यायले बताए । कलैया अस्पतालमा कार्यरतसहित अन्य स्वास्थ्यकर्मी ५८ जनाको र राष्ट्रिय अनुसन्धानका दुई गरी १ सय २ जनाको स्वाब सङ्कलन गरिएको ल्याब फाटका प्रमुख फुलमहम्द अन्सारीले जानकारी दिए ।

सङ्कलन गरिएको स्वाब वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको अस्पतालका प्रमुख डा वीरेन्द्र मण्डलले जानकारी दिए। सङ्कलन गरिएको स्वाबकाे रिपोर्ट भने दुई दिनपछि आउने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१