यी हुन् यो वर्ष घुम्न सकिने १० क्षेत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७७, सोमबार ०५:४४

काठमाडौं । केही वर्ष पहिले धनि मात्र घुम्न जान्छन् भन्ने मान्यता थियो। अझ एक थरिले बिदेशीलाई मात्रै पर्यटक मान्दथे। त्यसो त पर्यटन ऐन-२०३५ ले पनि विदेशी नागरिकलाई मात्रै पर्यटक मानेको थियो। २०५५ सालमा मात्रै सरकारले पर्यटन ऐनमा नेपाली पर्यटक भनेर व्याख्या गरेको हो।

बिगत केही वर्ष यता नेपालीमा घुम्न जाने संस्कृति बढ्दो क्रममा रहेको छ। पोखरा, चितवन र लुम्बिनी बाहेकका क्षेत्रमा पनि नेपाली पर्यटकहरु जाने गरेका छन्। युवा पुस्ताको रोजाईमा साईड सिन (दृश्यावलोकन) भन्दा ट्रेकिङ पर्ने गरेको छ।

मनाङको नेस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले केही वर्ष यता मनाङमा विदेशी भन्दा नेपाली पर्यटकहरु धेरै घुम्न आउने गरेको बताउँछन्। मनाङमा गाडी पुगे पछि नेपाली पर्यटकको संख्याँ बढेको उनको भनाई छ।


पहिले धेरै सम्पत्ती भएका मानिसहरु सँग पनि नगद पैसा हुन्थ्यो दिपक जोशीले भने, तर केहि वर्ष यता नगद पैसा हुने मानिसको संख्या बढेकाले पनि घुम्न जानेको संख्या बढेको हो।

घुम्न जाने विषय अब विलासिता भन्दा पनि आवश्यकता भएको जोशीको भनाई छ। बढ्दो नियमित आम्दानी, रेमिटेन्स आय र रोजगारीका अन्य विविध श्रोतले मानिसहरु सँग नगद पैसा हुन् थालेको उनको अनुभव छ।

जोशी सामाजिक संजालले पनि घुम्न जान ‘मोटिभेट’ गर्ने गरेको बताउँछन्। छिमेकीले सामाजिक संजालमा राम्रा राम्रा फोटोहरु राखेका हुन्छन्, परिवारका सदस्यले घुम्न जानु पर्यो भन्छन्, जोशीले भने, नगद पैसा पनि हुन्छ, परिवारले पनि घुम्न जाउँ भन्छन् त्यसैले पनि नेपालीको घुम्ने ट्रेण्ड बढेको हो।

२०७५ सालमा घुम्न सकिने र पछिल्लो समय पर्यटकको रोजाईमा पर्दै आएका १० पर्यटकीय क्षेत्रहरु:

रारा
समुद्री सतहबाट २ हजार ९ सय ९० मिटरको उचाईमा रहेको रारा ताल नेपालको गहिरो ताल हो। १ सय ६७ मिटर गहिरो ताल मुगु जिल्लाको रारा राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्दछ।

निकुन्ज क्षेत्रमा ५ सय किसिमका फुलहरु, २० प्रजातिका जनावर र २ सय १४ भन्दा धेरै किसिमका चरा चुरुंगी पाईने गर्छन्। सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै र नेपालगञ्जबाट हवाई मार्ग हुँदै रारा जान सकिन्छ।

रारामा खान र बस्न भने स्तरीय होटल छैनन्। कर्णाली प्रदेशले यसवर्ष रारा कर्णाली भ्रमण वर्ष मनाउने भएकाले रारामा बिगत भन्दा राम्रो खान बस्ने सुबिधा पाउन सकिनेछ।

लमजुङ
समुद्री सतहबाट दुई हजार मिटर उचाईमा रहेको दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गाउँ घले गाउँ धेरै पर्यटकको रोजाईको केन्द्र हो। लमजुङमा शाह बंशको पहिलो दरबार पनि हेर्न पाइन्छ। लमजुङ हनी हन्टिङका लागि पनि प्रसिद्ध रहेको छ। लमजुङकै हिले टक्सारबाट चारै तिर हिमाल देख्न सकिन्छ। हिले टक्सारबाट अन्नपूर्ण सर्किटमा अन्नपूर्ण पहिलो, दोश्रो, तेश्रो, माछापुच्छ्रे लगायत र लमजुङ हिमाल देख्न सकिन्छ।

मनाङ
बर्खायाममा मनाङ पुग्दा फापर फुलेको सुन्दर दृश्य सँगै हरियालि हेर्न पाइन्छ भने चैत बैशाखमा मनाङ पुग्दा टलक्क टल्केका सुन्दर हिमाल देखिँदा उजाड खेतबारी देखिन्छ। असोज कार्तिकमा मनाङ पुग्दा फापर पाकेको खैरो दृश्य देखिँदा हिमालको आनन्द लिन सकिन्छ। एक सिजन र एक पटक मनाङ पुग्दा मनाङको वास्तविकता बुझ्नै सकिदैन।

संसारकै उच्च स्थानमा रहेको तिलिचो ताल, उच्च स्थानमा रहेको थोराङ्ला पास, पुराना तिब्बतियन संस्कृति, अलौकिक भू-बनोट मनाङका प्रमुख आकर्षण हुन्। थोराङ्ला पास हुँदै जोमसोम निस्कनु अन्नपूर्ण सार्किटमा पदयात्रा गर्ने पदयात्रीको चाहना हो।

तिब्बतियन संस्कृति सँग सम्बन्धित पुरानो मिलेरेपा गुम्बा, मनाङ गाउँको पुरानो बस्ति, घोडचढी प्रतियोगिता मनाङका आकर्षण हुन्। धेरै पदयात्रीहरु लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामे सम्म गाडीमा जाने गर्छन्। चामेबाट तिलिचो ताल सम्म पदयात्रा जाँदा आकर्षण भु-बनोट देखिने हुँदा सडक सुविधा हुँदा पनि पदयात्रा धेरैको रोजाईमा पर्ने पर्छ।

मुस्ताङ

मुस्ताङ सडक मार्गबाट जोडिए पछि मुस्ताङ पुग्ने पुग्ने पर्यटकको संख्या बढ्दो क्रममा छ। गुरुङ मगर, तकालीको बाहुल्यता रहेको मुस्ताङ भू-बनावटको लागि प्रसिद्ध छ।

१२ बजेपछि नियमित रुपमा चल्ने जोमसोमको हावाले पनि मुस्ताङ पुग्नेहरुलाई आकर्षित गर्ने गर्छ। कालिगण्डकी तिरै तिरको पदयात्रा मुस्ताङको अर्को महत्त्वपूर्ण आकर्षण हो। हिन्दुहरुका लागि मुस्ताङ पुग्नुको आकर्षण मुक्तिनाथ मन्दिरको दर्शन पनि हुन् सक्छ।

खप्तड
तिन हजार मिटर उचाईमा रहेको खप्तडमा २ सय २४ प्रजातिका औषधिजन्य जडीबुटी, ५ सय ६७ किसिमका बोटबिरुवा, २ सय ७० किसिमका चरा चुरुंगी पाइने गर्छन। खप्तडको मुख्य बिषेशता भनेको दलदले भू बनोट, प्राकृतिक सौन्दर्य र सुन्दर फुलहरु हो।

गल्फ र स्की खेल खेल्न सकिने ठुला ठुला फाटँ खप्तड राष्ट्रिय निकुन्जका बिशेषता हुन्। खप्तड बाबाले लामो समय तपस्या गरेको आश्रम पनि खप्तडको आकर्षणको केन्द्र हो। पर्यटकीय आकर्षणका प्रयाप्त सम्भावना हुँदा पनि बस्न र खान भने खप्तडमा सहज छैन।

सिन्धुली र जनकपुर
ट्रेकिङमा जान नचाहने पर्यटकका लागी सिन्धुली र जनकपुर केहि समय देखि रोजाईमा पर्दै आएका छन्। सिन्धुलीको एतिहासिक सिन्धुलीगढी र जनकपुरको राम जानकी मन्दिर पर्यटकका लागि मुख्य आकर्षण हुन्। सीताको जन्मभूमि भएकाले जनकपुरलाई हिन्दुले पवित्र तीर्थस्थलको रुपमा लिने गर्छन्। जनकपुरको मैथली सभ्यता र संस्कृति धनुष सागर, गंगा सागर, परसुराम कुण्ड पनि जनकपुरका आकर्षण हुन्।

इलाम
कन्चनजङ्गा, कुम्भकर्ण, मकालु, सगरमाथा लगायतका अग्ला हिमालहरु एकैसाथ ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको ‘सन्दकपुर’ बजारबाट हेर्न सकिन्छ। इलाम बजारबाट ३ घण्टा गाडीमा ‘सन्दकपुर’ जाँदा चिया बगानमा रमणीय दृश्य देख्न सक्छन्।

२ हजार ३ सय २८ मिटरको उचाईमा रहेको इलामको अन्तुडाँडाबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य हेर्न सकिन्छ। इलामका अन्य आकर्षणमा भिरालो जमिन रहेका चिया बारी र माई पोखरी लगायत छन्।

बर्दिया

फोटो: नेपाल पर्यटन बोर्ड
पाटे बाघ, मृगका बथान, एक सिंगे गैडा बर्दिया राष्ट्रिय निकुन्जका आकर्षण हुन्। ४ सय ७ प्रजातिका चरा चुरुंगी पाईने बर्दिया राष्ट्रिय निकुन्जमा रहेका बबई र कर्णाली नदिमा १ सय २५ किसिमका माछा पाइने गर्छन्। बर्दिया राष्ट्रिय निकुन्ज सँगै रहेको कर्णाली नदिमा बनेको कलात्मक पुल पनि पर्यटकका लागि आकर्षणको केन्द्र हो।

गोरखा
गोरखा सदरमुकाममा एतिहासिक र पुरातात्विक महत्त्वको शाह बंशीय राजाहरुको गोरखा दरबार पर्यटकका लागी आकर्षणको केन्द्र हो। हिमाल आरोहणमा जानु पूर्ण धेरै पदयात्रीहरु मनास्लु हिमालको सर्किट पदयात्रामा जाने गरेका छन्।

यसका साथै २०७२ साल बैशाख २ गते आएको भूकम्पको केन्द्र बिन्दु बारपाक पनि पर्यटकका लागि आकर्षकको केन्द्र हो। उच्च हिलाली क्षेत्रमा रहेको लाप्राक गाउँ पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ।

कालिन्चोक

काठमाडौंबाट नजिकै रहेको कालिन्चोक ३ हजार ७ सय ९० मिटर उचाईमा रहेको छ। कालिन्चोकबाट लाङटाङ, गणेश, गौरीशकंर लगायतका हिमालहरुको रमणीय दृश्यावलोकन गर्न सकिन्छ। कालिन्चोकमा विशेष गरि हिउँ खेल्न जानेहरुका लागि पनि रोजाईको केन्द्र हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१