निन्द्रामा किन बर्बराउँछ मान्छे?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७७, सोमबार ०५:२७

निन्द्रा शरीरलाई पूर्णतः आराम दिने नित्य कर्म हो । यसले थाकेको वा विचलित शरीरलाई आराम दिई उर्जावान् बनाउन मद्दत गर्छ ।

केही मानिस निन्द्रामा बोल्दछन् वा बर्बराउछन् । यसरी निन्द्रामा बर्बराउनुलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । निन्द्रामा बर्बराउने मानिसहरु आफूले के बोले भनेर जानकार हुदैनन् तर उीिहरुको कुरा सुन्न भने निकै रमाइलो हुन्छ ।

कतिपय मानिसहरु निन्द्रामा प्रष्ट बोल्दछन् भने केहिले बोलेको बुझिदैन । करीब १ प्रतिशत वयस्क मानिसमा निन्द्रामा बर्बराउने बानी हुन्छ ।

किन निन्द्रामा बर्बराउँछन् ?

निन्द्राका विशेषज्ञहरु निदाएको बेला बोल्ने मानिस के बोल्दैछु भनेर जानकार नहुने बताउछन् ।

उनीहरु सपनामा देखेको कुरामा सहायता पुर्‍याउन मात्र मानिसहरु बोल्ने गरेको बताउछन् । तसर्थ निन्द्रामा बोलेको मानिसले विपनाका कुनै कुरामा प्रभाव पार्न बोलेको ठहरिँदैन ।

निन्द्रँमा बोल्दा अवचेतन मनको रहस्य खोल्ने वा आफ्ना सबै रहस्य खोल्छन् भन्ने हुँदैन । निन्द्रामा बर्बराउनु भनेको पर्याप्त निन्द्रा नपुग्नुको पनि संकेत हो ।

मानिसमा हुने तनाव, थकान, विचलन, मादक पदार्थको सेवन तथा ज्वरोले समेत बर्बराउने गर्छन् ।

निन्द्रमा बर्बराउनु कुनै रोग होइन, बरु यसबाट छुटकारा पाउन शरीरलाई आराम दिने तथा मन प्रफुल्लित बनाउने गर्नु पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०