वियरका गिलास उठाएर पनि विश्वकिर्तिमान (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ०८:१३

 विश्वकीर्तिमान कायम गर्ने तरिका पनि विभिन्न खाले हुन्छन् । जर्मनीका एक जना मानिसले वियर भरिएका २७ वटा गिलास उठाएर विश्व रेकर्ड कायम गरेका छन् ।

ओलिभर स्ट्रुम्फेल नामका ती मानिसले एवेन्सवर्ग सहरमा हुने वियरको पर्व गिलमुस फेस्टिवलमा वेटरको काम गर्छन् ।

उनले यसरी उचालेका हरेक गिलासमा एक लिटर वियर भरिएको थियो । यतिधेरै वियर बोकेर उनी ४० मिटर परसम्म हिँडेका थिए ।

उनले यस्तो साहसिक किर्तिमान कायम गर्नका लागि दुइ महिनासम्म निकै मेहेनत गरेर सिकेका थिए र जिमखाना समेत धाएका थिए ।

भिडियो

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१