बलिउडका ४ अभिनेत्री, जो सँग छ निजी विमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७७, शनिबार ०६:२४

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

धेरैले आफ्नो करियरलाई निकै राम्रो बनाएका छन् भने निजि जिन्दगीलाई समेत निकै माथि पु¥याएका छन् । ती मध्ये यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरिसकेका छन् ।

शिल्पा शेट्टी

सुन्दरताले मात्र होइन आफ्नो उत्कृष्ठ अभिनयका कारण धेरैको मनमा बस्न सफल अभिनेत्री शिल्पा शेट्टीले बलिउडमा फरक पहिचान स्थापित गरेकी छिन् ।

साथै उनले संसारकै सफल व्यवसायीमा गनिने व्यक्तिसँग विहे गरेकी छिन् । उनी आफै सफल अभिनेत्री हुनुका साथै सफल व्यवसायी पतिका कारण उनको आफ्नो निजि विमान हुनु ठूलो कुरा होइन ।

प्रियंका चोपडा

बलिउडदेखि हलिउडसम्म अभिनयका कारण चर्चामा रहेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनी बलिउडमा सबैभन्दा धनि अभिनेत्रीको सूचिमा छिन् । उनले कहि समयअघि निजि विमान खरिद गरेको समाचार आएको छ ।

ऐश्वर्या राय बच्चन

बलिउडका महानायक अमिताभ बच्चनकी बुहारी ऐश्वर्या बच्चनसँग पनि निजि विमान रहेको छ । ४४ वर्ष पुगिसकेकी ऐश्वर्याको सुन्दरताको आज पनि निकै प्रशंसा हुने गर्छ । उनी विश्वसुन्दरी मात्र होइनन् अमिताभकी एक मात्र बुहारी पनि हुन् । उनीसँग २ निजि विमान छन् ।

मल्लिका शेरावत

बलिउड जगतकी निकै हट र बोल्ड अभिनेत्री मल्लिका शेरावत सम्पत्तिको नाममा निकै अगाडि छिन् । उनको कमाई करोडौँ रुपैयाँ छ भने उनले बलिउड मात्र नभई हलिउडमा समेत काम गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१