केहि रोचक जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०७७, आईतवार ०५:२५

१. एउटा मानिसले बर्ष भरिमा लगभग १४ सय ६० सपना देख्दछन् ।

२. साङ्लाको टाउको काटिए पनि धेरै हप्तासम्म बाँच्न सक्दछ । तर मर्नुको कारण टाउको काटीएर नभएर भोकको कारणले हो ।

३. गधाको आँखाको बनावट एक विशेष प्रकारको हुन्छ‚ उसले आफ्नो चारै खुट्टा एकै पटक देख्न सक्दछ ।

४. ऊँटको आँखामा तिन पत्र परेला हुन्छ जसले उसलाई मरुभुमीमा उड्ने धुलोबाट बचाउँछ ।

५. Stand Lamp को अविश्कार एक दाँत चिकित्सकले गरेका थिए ।

६. बिरालोको पिसाब अध्याँरोमा चम्किन्छ।

७. सूर्य पृथ्वीभन्दा ३‚३०‚३३० गुणा ठुलो छ ।

८. कुनै पनि बर्गाकार सुख्खा कागजलाई आधा-आधा गरेर ७ पटक भन्दा बढी मोड्न सकिदैन ।

९. विश्वमा प्रकाशन हुने समाचारपत्रमा लगभग आधा जति समाचारपत्र अमेरीका र क्यानाडामा प्रकाशित हुन्छन् ।

१०. एउटा भायलिन बाजा बनाउन ७० वटा विभिन्न आकारको काठको टुक्रा आवश्यकता पर्दछ ।

११. चट्याङ पर्दा जुन तापमान पैदा हुन्छ त्यो तापमान सूर्यको सतहमा पाउने तापक्रम भन्दा पाँच गुणा बढी हुन्छ ।

१२. जव सिसा फुट्छ ती टुक्राहरु ३ हजार माइल प्रति घण्टाको दरले छरिन्छ ।

१३. मानिसको शरिरमा प्रति सेकेण्ड १५ मिलियन रातो रक्तकोष बन्दछन् र मर्दछन् ।

१४. चमेरा गुफा बाट निस्कीदा सधै देब्रे पट्टीमात्र उड्दछन् ।

१५. जिराफको जिब्रो यती लामो हुन्छ उसले आफ्नो कान जिब्रोले नै साफ गर्दछ ।

१६ जापानको शहर टोकियो मा ५० मिनेट भन्दा कम दुरी यात्राको लागी साइकललाई कार भन्दा छिटो मानिन्छ ।

१७. ऊँटको दुधबाट दहि बनाउन सकिदैन ।

१८. कोको कोलाको असली रंग हरियो हुन्छ ।

१९. लाइटरको अविष्कार सलाई भन्दा पहिला भएको थियो ।

२०. रुपैया कागज बाट हैन कपास बाट बनाइन्छ ।

२१. मानिसको दिमागमा ८० प्रतिशत पानी हुन्छ ।

२२. हातको औंलाको छाप जस्तै जीब्रोको छाप पनि मानिस पिछै अलग अलग हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१