मलेसिया पुगेका युवक डेढवर्ष देखि सम्पर्कविहिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार ०९:५१

ज्ञानमणि कालोटोपी
/

काभ्रे २७ भाद्र ।
वैदेशिक रोजगारीको शिलशिलामा विगत ४ वर्ष देखि मलेसियामा रहेका काभ्रे चण्डेनीमण्डन– १ का स्थायी वासिन्दा बद्री भुजेल गएको डेढ वर्ष देखि सम्पर्क विहिन रहेका छन् ।
पछिल्लो पटक सम्पर्क भए अनुशार उनी मलेसियाको सेन्नाई शहरमा थिए । ३ वर्षको आफ्नो भिसाको म्याद सकिए पछि अर्को एक वर्ष म्याद थपेको र आउँदो वर्ष घर आउने भनि गएको वर्ष घरमा सम्पर्क गरेका बद्री त्यस यता बेखवर छन् । उनको परिवार अहिले चिन्तित् छ । ३ वर्ष सम्म घरपरिवारमा सम्पर्कमै रहेको र केहि पैसा पनि पठाएको उनका बाबु अर्जुन भुजेलले जानकारी दिए ।
बद्रीका भाई मधु भुजेल पनि अहिले कामको शिलशिलामा साउदीमा छन् । ‘ मेरो दाजु सँग सम्पर्क नभएको १८ महिना भयो । के हालतमा , कहाँ छन् अत्तो पत्तो छैन ।’ – उनी भन्छन् –“ कोहि कसैले देख्नु भएमा वा कसै सँग सम्पर्क रहेको भए जानकारीका लागि अनुरोध गर्दछु । ” बद्री कुन मेनपावर मार्फत मलेसिया गएका हुन् भन्ने परिवारलाई थाह पनि छैन । उनका बाबुले बुझे अनुसार उनी मलेसिया गएको मेनपावर कम्पनी अहिले बन्द छ । बद्रीले मलेसियामा प्रयोग गर्ने गरेको मोवाइल ( ६०१६७६७४९८१) मा सम्पर्क गर्दा फोनको घण्टी जान्छ तर रिसिभ नै हुँदैन । त्यसैले गएको १८ महिना देखि उनको बारेमा केहि पनि जानकारी पाउन नसकिएको बुबा अर्जुनले गुनासो गरे ।
यो खवर थाहा पाए पछि ओमानमा रहेका उनका समकक्षी साथी वसन्त नेपालले अहिले बद्री भुजेल खोजी अभियान नै चलाएका छन् । यसै क्रममा मलेसिया स्थित नेपाली राजदुतावास र ओमानमा रहेको मलेसियन दुतावासमा पनि पत्राचार गरिसकेका छन् । तर खोजी गरिने आश्वासन मात्र आएको र अन्य कुनै जानकारी नपाइएको वसन्तले बताए । काभे्रमा रहेको बद्रीको घरपरिवारले उनको खोजीका लागि पहल गरिदिन नेपाल सरकार , बैदेशिक रोजगार सँग सम्बन्धित विभिन्न संघ संस्था र संचार माध्यमहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१