कोरोना भाइरसको संक्रमण : चर्चित फुटबल खेलाडी रोनाल्डो क्वारेन्टाइनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७६, शनिबार ०५:५९

काठमाडौँ। इटालीको युभेन्ट्स क्लबबाट खेल्ने पोर्चुगलका चर्तित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्सका अर्का खेलाडी ड्यानियल रुगानी कोरोना भाइरसबाट संक्रमित भएपछि रोनाल्डो मडेइरास्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् ।

आइतबार इटालियन लिगको शीर्ष स्थानका लागि भएको खेलमा इन्टर मिलानलाई युभेन्ट्सले २–० ले हराएको थियो । खेल जितेपछि सबै खेलाडीहरुले खुसी मनाएका थिए । त्यसपछि इटालीमा रुगानीसँगै खेल खेलेका अन्य खेलाडीहरू पनि क्वारेन्टाइनमा बस्नु पर्ने स्वास्थ्य निकायले उल्लेख गरेपछि रोनाल्डो क्वारेन्टाइनमा बसेका हुन् ।

तर , रुगानीले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू ठिक रहेको र उपचार गराइरहेको बताएका छन् । यद्यपि उनले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१