दोस्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड दुबइमा सम्पन्न – भिडियो र तस्विर सहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७६, बिहीबार ०७:०७

काठमाडौं । दोश्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड यूएईको बर दुबइस्थित सामुन्द्रिक जहाजमा भव्य समारोहका बीच सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय रुपमा बोष्टर मिडिया र ब्युटी सेक्रेटले शुरु गरेको अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड नेपाली ब्यबसायी ,महिला उद्यमी,मानब अधिकारकर्मी, पत्रकारिता,साहित्य,समाजसेवा,खेलकुद सौन्दर्य पेसा ,लगायतका क्षेत्रमा उलेखानिया योगदान दिएका व्यक्तिको सम्मानका लागि गतबर्ष बाट प्रदान गरिंदै आएको बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनुभयो ।

पर्यटन व्यवसायीको क्षेत्रमा कहलिएका व्यक्तित्व ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र खालिद मोसा इसा महमद अल्ब्लोसीको प्रमुख आतिथ्यमा बर दुवईमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्डमा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुलाई अवार्ड सहित सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा एन आर एन दुबई,इनास दुबईको सहकार्यमा ग्रीनलाइन ट्राभल एंड टुरिजम (llc) को आयोजनामा राष्ट्रिय खबर डटकमले प्रत्यक्ष लाइभ प्रसारण गरेको थियो।

बोष्टर मिडिया र ब्युटी सेक्रेटले शुरु गरेको अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्डमा महिला उद्यमी सहित विभिन्न पेसा ब्यबसाय संग आबद्ध बरिष्ठ व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम उद्घोषण एन आर एन दुबईका पुर्व महसचिवले गर्नुभएको थियो। यो कार्यक्रम हरेक नेपालीको मन मनमा पुगेकाले हरेक देशमा बोष्टर मिडिया र ब्युटी सेक्रेटले आयोजना गर्दै लैजाने यस कार्यक्रमका संयोजक सुमित्रा रंजित (सुमी) ले कार्यक्रमको बिचमा उद्घोष गर्नुभयो । अब हुने कार्यक्रम चिन,भारत ,इन्डोनेसिया,जापान अस्ट्रेलिया,र अमेरिकामा हुने रंजित ले बताउनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०