ओमान दुतावासमा संबिधान दिवस भव्य रुपमा मनाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७६, सोमबार १२:०५

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा नेपाली राजदूतावास मस्कटले संविधान दिवस भव्यरुपमा मनाएको छ । दुतावासले गरेको उक्त कार्यक्रममा ओमान सरकारका वातावरण तथा जलवायु मन्त्रि मोहम्मद बिन सालिम बिन सायद अल टुबीले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो । कार्यक्रममा ओमानी गायक हाइथम रफी र ग्रिक गायिका पाचियानाकीले नेपालि गित गाउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओमानका लागि राजदुत शर्मिला ढकाल पराजुलीले संविधानले नेपालीलाई प्रतिवद्ध भई मुलुकमा शान्ति, विकास र समृद्धिकालागि योगदान दिन प्रेरणा प्रदान गर्ने बताउनु भयो । उहाले सबैले एकजुट भएर योगदान दिन सकेमात्र देश दिगो रुपले शान्ति, बिकास र समृद्धिमा जान सक्ने बताउनु भयो ।
ओमानमा रहेका गैर आवासिय नेपालीहरु , ब्यबसायिक व्यक्तित्वहरु ,कुटनैतिक व्यक्तित्वहरु ,समाजसेवीहरु, पत्रकारहरु , मजदुरका प्रतिनिधिहरु , बिद्यार्थीहरु लगाएत विभिन्न पेशामा आवद्द रहेका सयौं नेपालीहरुको उपस्थितिले भरिभराउ थियो ।

नेपाली जनताको ठुलो बलिदान र ७० वर्षको लामो संघर्षको उपलब्धि नेपालको संबिधान जारी गरिएको थियो र यसै दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवसको रुपमा देश तथा विदेशमा रहेका नेपाली नियोगहरु मार्फत मनाउँदै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१