एउटा इच्छा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७१, शनिबार १६:२०

922943_588533577845030_1326985215_nतिमीले छोडेर गएपनि

लाग्छ, यी फूलहरु तिम्रै लागि फुलेका हुन्
यी झरना, खोला र नहरहरु
तिम्रै सुन्दरताको वर्णन गर्दै बगेका हुन्

हावाले पनि तिम्रै सुवास छरेजस्तो लाग्छ
घाम र जूनले पनि तिमीलाइ हेर्न
तछाडमछाड गरेजस्तो लाग्छ

म त एउटा पात्र
जो, संसार भन्दा तिमीलाइ ठूलो देख्ने
तिमीले छोडेर के भो त
तिम्रै तितो याद संगालेर भएपनि
हेर्दैछु भत्किएका सपनाका घरहरु ।

मैले दिन नसकेका खुसीहरु
यो संसारले दियोस तिमीलाइ
जसले बिस्र्याइदेओस तिमीभित्रको म
किनकी म त खुसी दिन नसक्ने मान्छे
पीँडा दिएर पाप गर्न चाहन्न ।

मेरा लागि तिम्रै याद काफी छ
यो दुनिँया तिम्रै पक्षमा होस
यी सज्जनहरु तिम्रै लागी बनुन्
म त तिम्रो जीन्दगीको एकादेशको पात्र
मात्र अतित सम्झिन पाए पुग्छ ।।

कृष्ण कट्टेल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१