क्यानडामा १ लाख १५ हजार कामदार माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ भाद्र २०७१, सोमबार १७:०४

क्यानडा सरकारले आगामी सन् २०१५ देखि Express Entry प्रणाली मार्फत विदेशीहरुलाई भिसा दिने प्रक्रिया अघि बढिरहेका बेला एक लाख १५ हजार कामदारको आवश्यकता रहेको बताएका छन् ।

क्यानडा सरकारद्वारा सञ्चालित Job Bank मा कुनैपनि क्यानेडियन कम्पनीले निशुल्क रुपमा विज्ञापन प्रकाशन गर्न पाउनेछन् । क्यानडा सरकारले आगामी सन् २०१५ जनवरीदेखि सबै प्रकारका व्यवसायमा काम गर्न व्यक्तिहरुले आवेदन गर्न पाउने गरी Express Entry प्रणाली लागु गर्ने तयारी गरिरहेको छ ।

सोही जब बैंकमार्फत बिदेशी कामदारहरुले क्यानडाका कम्पनी काम दिलाउने एजेन्सीसँग सिधा सम्पर्क राखी आवेदन गर्न पाउनेछन् ।

क्यानडामा काम गर्न जान चाहने बिदेशी कामदारहरुले आफ्नो एकाउण्ट खोली आफ्नो विवरण राख्न सकिने र क्यानेडिएन कम्पनीहरुसँग सिँधा सम्पर्क समेत गर्न सकिने सो जवब्याँकले जनाएको छ ।

उक्त प्रणालीमा आवेदन गरेका कामदारहरुले पनि यही Job Bank एवं आफ्नै तवरले क्यानेडिएन कम्पनीहरुमार्फत समेत रोजगारीका लागि आवेदन गर्नुपर्नेछ ।

यस्तो आवेदन परेमा क्यानडा सरकारले ६ महिनाभित्रमा स्थायी भिसा प्रदान गर्न सक्नेछ । क्यानडामा हाल ७ प्रतिशत मानिसहरु बेरोजगार रहेपनि १ करोड ८० लाख मानिसहरु कुनै न कुनै पेशामा सम्लग्न रहेका छन् ।

क्यानडामा अहिले कम्तिमा पनि २० हजार नेपाली कामदार रहेको अनुमान छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१