प्रकाश ‘पुष्पक’ र प्रदिपको भिडन्त, छल्काको अवस्था निरन्तर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७१, आईतवार १२:५३

क्वालालम्पूर । प्रवाशि कलम मलेसियाको प्रकाशनमा प्रकाशितहुन लागेको सामुहिक गजल सङ्ग्रह ‘सामुन्द्रिक छल्का’को सम्पादन कार्यमा प्रकाश पुष्पक र प्रदिप राईको भिडन्तमा निरन्तर अझपनि चलिरेको छ । नेपाल अधिराज्य १४ अञ्चल ४७ जिल्ला बिश्वका १३ वटा देशहरुमा प्रवाशि जीवन बिताइरहेका नवस्रष्टा गजलकारहरुको सामुहिक रुपमा सँयूक्त गजल सङ्ग्रह ‘सामुन्द्रिक छल्का’का सम्पादन कार्यमा सम्पादनमा प्रकाश पुष्पक र प्रदिप राई रहेका छन् भने सहायक सम्पादनमा रतनराज पुनमगर र दान राई झरी रहेको छन् । 10647635_823547487675903_750289932_nछनौटमा परेका जम्मा गजलकारहरु १ सय ३ जना रहेकोहुँदा सम्पादन कार्यमा समय धेरैनै खर्च गर्नुपर्ने अवस्था रहेको सम्पादन समितिका राईहरु बताउँछन् । समयको मध्य नजर राख्दै निरन्तर सम्पादनकार्य तिव्र रहेको वताइएको छ । आगामी महिनाको अन्तिम तिर सामुन्द्रिक छल्का सामुन्द्रमा मा मात्र होइन हरेक साहित्यनुरागी तथा पाठकहरुको मन मस्तिकष्तमा छालको बेजोड बेगको सुनामी भएर हृदयमा छाप बस्ने सम्पादन मण्डलको ठोकुवा छ । हरेक तह र तप्काबाट मनका भावनाहरुलाई सङ्गालेको यो सामुहिक सङ्ग्रहमा बेजोड गजलको मूल फुटेर पोखिएको भाव रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१