वीर अस्पतालको भीभीआईपी कक्षमा २९ वर्षदेखि ताला

ssapana44@gmail.com' jamuna aryal
२१ फाल्गुन २०७५, मंगलवार ०९:१४

काठमाडौं – नेपालको सबैभन्दा पूरानो अस्पताल वीरमा भव्य भीभीआईपी कक्ष छन् । एकै बिरामीका लागि आइसियू, एसी र बाथरुमसहितको कोठा, सुरक्षाकर्मी, परिवार, आगन्तुक, डाक्टर र नर्सलाई छुट्टाछुट्टै कोठा, भान्सा र अलग्गै बाथरुम पनि ।

तर, यस्तो सुविधासम्पन्न भीभीआईपी कक्षमा ०४६ साल यता ताला लागेको छ । भीआईपी कक्षमा पाँच वर्षको अवधिमा १२ जना मात्र पुगेको नयाँ पत्रिकामा खबर छ ।

मन्त्री, सांसद, न्यायाधीश र चिवले उपचार गराएका थिए । तर, सचिव चन्द्र घिमिरेले मात्र उपचारको पैसा तिरेका छन् । पूर्वसभामुख तारानाथ रानाभाटको नाममा ५७ हजार बक्यौता छ । यो भीआईपी कक्षमा हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता छ । विशिष्टको उपचारमा चार वर्षमा ६ करोड खर्च भएको छ । यस वर्ष मात्रै अर्थ मन्त्रालयबाट २७ लाख निकासा गराएको छ ।

त्यस्तै सरकारले २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्‍याउने लक्ष्य राखेको, पानीजहाजको सम्भाव्यता अध्ययन गर्न टोली नवलपरासीको त्रिवेणी क्षेत्रमा पुगेको, आज कोशी व्यारेजमा सम्भाव्यता अध्ययन गर्ने, प्रतिनिधिसभा र प्रदेशमा चार क्षेत्र रिक्त लगायतका खबर छापिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१