विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५८

ssapana44@gmail.com' jamuna aryal
२७ माघ २०७५, आईतवार ०८:२८

नयाँ दिल्ली – भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ। 

देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन्। 

“उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको छ भने बाँकी नमूनाहरूबारे थप परीक्षण भइरहेको छ,” सहारानपुरस्थित अस्पतालका चिकित्सक एके पाण्डेले बताए।

“हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,” हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले हामीलाई बताए।

उनले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१