विमानस्थलबाट प्रधानमन्त्री ओलीले डा. केसीको विषयमा यसो भने-

ssapana44@gmail.com' jamuna aryal
१२ माघ २०७५, शनिबार १४:११

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विदेशमै भएका बेला नेपालमा तीनवटा राजनीतिक परिघटना भए । एक- विपक्षी दललाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित भयो । दुई- पश्चिमा राष्ट्रहरुले संयुक्त राष्ट्र संघको ब्यानरमा संयुक्त वक्तव्य जारी गरे । र, तीन- नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको सन्दर्भमा अमेरिकी भूमिकाको निन्दा गर्दै वक्तव्य जारी गरे ।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको टोली युरोपबाट फर्कँदै गर्दा शनिबार विमानस्थलमा भेला भएका सञ्चारकर्मीहरुको जिज्ञासा यिनै राजनीतिक विषयमा केन्द्रित हुनु स्वाभाविकै थियो । विमानस्थलमा पत्रकारले प्रधानमन्त्री ओलीलाई डा. गोविन्द केसीको सन्दर्भमा दोहोर्‍याएरै प्रश्न सोधे । तर, प्रधानमन्त्रीले चाहिँ यो त्यति ठूलो र उधुम मच्चाइरहनुपर्ने विषय नभएको जवाफ फर्काए ।

खासै ‘मर्यादा’ को घेरामा नबसी आक्रामक प्रश्न सोध्ने पत्रकार ऋषि धमलाले विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई ठाडो प्रश्न सोधे-

‘तपाई विदेशमा हुँदाखेरि चिकित्सा शिक्षा विधेयक पारित भएको छ । तपाईसँग गोविन्द केसीवीच भएको सहमति तोडमोड गरियो, पूर्णतः कार्यान्वयन गरिएन भनेर भन्दै डा. केसीले तपाईको राजीनामा मागिसक्नुभएको छ । प्रधानमन्त्रीज्यू, तपाईले साउन १० गते गोविन्द केसीसँग गर्नुभएको सहमति किन तोड्नुभयो ? सुवास नेम्वाङजी पनि यहीँ हुनुहुन्छ, ठ्याक्कै बताइदिनोस्, जनता जान्न चाहन्छन् !’

प्रधानमन्त्रीले धमलाको प्रश्नको जवाफ तत्कालै दिएनन् । बरु ‘अरु केही प्रश्न साथीहरुको ?’ भन्दै पत्रकारदीर्घाबाट थप प्रश्नको अपेक्षा गरे ।

पत्रकारको रोहबाट प्रधानमन्त्रीलाई अर्को प्रश्न आयो- ‘तपाई स्वीटजरल्याण्डमा रहँदाखेरि सेपिङ फ्यचुर फर डेमोक्रेसीको सत्रलाई सम्वोधन गर्नुभयो । त्यसमा तपाईले अंगीकार गर्नुभएको सुरक्षा र सञ्चार नीतिका विषयमा के अन्तरराष्ट्रिय जगतले प्रश्न उठाएका छन् ?’

प्रधानमन्त्रीले पत्रकारलाई सोधे- ‘अरु केही ?’

एक महिला सहभागीबाट प्रश्न आयो, ‘स्वीटजरल्याण्ड भ्रमणका लागि यहाँलाई धेरैधेरै बधाइ छ । नेपालका लागि के-के अफर ल्याउनुभयो ? स्वीट्जरल्याण्डको बैंकमा ५५ जना नेपालीहरुले इल्लिगल पैसा राखेका छन्, त्यस सम्बन्धमा के के कुरा भयो ?’

प्रधानमन्त्रीले फेरि पत्रकारलाई सोधे- ‘अरु केही ?’

र, थप प्रश्नहरु नआएपछि प्रधानमन्त्री ओलीले जवाफ दिन सुरु गरे ।

गोविन्द केसीको प्रश्नमा सकेसम्म तर्किने प्रयास गरेका प्रधानमन्त्री ओलीले मिडिया र अरु क्षेत्रलाई मर्यादामा बस्नुपर्ने सुझाए । उनले लोकतन्त्रको परिभाषा दिने प्रयाससमेत गरे ।

विमानस्थलबाट प्रधानमन्त्री ओलीले यसो भने-

लोकतन्त्र, मिडिया र मर्यादाका कुरा

मैले डावोसमा सेपिङ ‘द फ्युचर अफ डेमोक्रेसी’ अर्थात लोकतन्त्रको भविश्य त्यसलाई कस्तो आकारमा लाने भन्ने कुराको सन्दर्भमा जुन विचारहरु राखें, त्यस सम्बन्धमा मैले विचार राख्नुभन्दा अगाडि वास्तविकता थाहा नपाएर कसैले गलत सूचना वा गलत प्रचारको प्रभावका आधारमा अलिकति स्पष्ट हुन खोजेको हुन सक्छ । तर, मैले स्पष्ट पारिसकेपछि त्यसमा कुनै प्रकारको अन्यथा बुझाइ रहने सम्भावनै थिएन ।

मैले लोकतन्त्रलाई राजनीति, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ, निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि स्वच्छ निर्वाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ ।

तर, लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सीमित हुँदैन । आफ्ना प्रतिनिधि छान्ने सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सीमितता हैन, व्यापकता, सार्वभौमिकता हुन्छ । सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनता मात्रै होइन । सम्पूर्ण अधिकार अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ । र, सार्वभौमसत्ता सम्पन्न हुन्छ ।

प्रेसको सम्बन्धमा मैले प्रेस स्वतन्त्रताको कुरा गरें । प्रेस एउटा सम्मानित क्षेत्र हो । जनतालाई सुसूचित गर्ने, शिक्षित गर्ने, यस्तो क्षेत्र हो । र, यस क्षेत्रमाथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बञ्देज हुनुहुँदैन भन्ने कुरा राखें ।

र, प्रेस अत्यन्त महत्वपूर्ण कुरा भएको हुनाले प्रेसले त्यही महत्वका साथ जिम्मेवार भूमिका, अरुको अधिकारको सम्मान, अरुको सम्मानको पनि सम्मान, अरुका हितहरुप्रति अनुचित ढंगले गलत सूचना दिएर दुस्प्रभावित नगर्ने, व्यक्ति, परिवार वा समाजलाई गलत सूचनाबाट हानी नपार्ने जसलाई एउटा पीत पत्रकारिता भन्ने गरेका छन्, त्यस्तो पीत पत्रकारिता नगर्ने । मर्यादित, त्यस्तो प्रेस ।

त्यस्तो मिडिया आवश्यक हुन्छ भन्ने कुरामा कसैको दुई मत हुनुपर्ने न कुनै ठाउँ छ । न त्यहाँ महत्व

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१