नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानले चासो

ssapana44@gmail.com' jamuna aryal
१० माघ २०७५, बिहीबार १४:३०

काठमाडौं – नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानले चासो देखाएको छ । नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट गर्दै यस्तो चासो देखाएको हो । 

जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा मन्त्री पुनसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताउनुभयो । उहाले नेपाल कृषि प्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।  

‘नेपालमा के–कस्ता सम्भावनाहरु छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ’ उप–महानिर्देशक ताकामीले भन्नुभयो ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१