कर्णाली प्रदेश सरकारले १० वटा एम्बुलेन्स किन्दै

ssapana44@gmail.com' jamuna aryal
१० माघ २०७५, बिहीबार १४:१९

सुर्खेत – कर्णाली प्रदेश सरकारले १० वटा एम्बुलेन्स किन्ने भएको छ । यसका लागि सरकारले भन्सार छुटका लागि संघीय सरकारसँग माग गरेको छ । 

बुधबार बसेकोे मन्त्रीपरिषद बैठकले प्रदेशका लागि १० वटा एम्बुलेन्स खरिद गर्ने सम्बन्धमा भन्सार छुटका लागि अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो । 

प्रदेशका  १० वटै जिल्लाका लागि एम्बुलेन्स खरिद गर्न सामाजिक विकास मन्त्रालयले दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । जनतालाई स्वास्थ्य संस्थासम्म सहज रुपमा पुग्नका लागि एम्बुलेन्स खरिद गर्न लागिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । ‘हामीले कर्णाली प्रदेशका प्रत्येक जिल्लामा एउटा भए पनि एम्बुलेन्स पुर्‍याउने योजनाकासाथ प्रक्रिया अघि बढाएका हौँ’ उहाँले भन्नुभयो, ‘यसबाट जनतालाई केहीहदसम्म राहत हुने छ भन्ने अपेक्षा गरेका छाैँ ।’ उहाँले अब संघीय सरकारले भन्सार  छुटका लागि सहमति दियो भने टेण्डर आव्हान गर्ने जानकारी दिनुभयो । 

यस्तै मन्त्रिपरिषद बैैठकले अनुसन्धान ब्यूरोसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान पनि गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१