अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र

ssapana44@gmail.com' jamuna aryal
१० माघ २०७५, बिहीबार १४:१४

काठमाण्डाै – आउँदो चैतको १५ र १६ गते काठमाण्डाै हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ ।

समृद्ध नेपाल निर्माणका लागि ठूलो विदेशी लगानी नभई नहुने निष्कर्षसहित सरकारले विशेष महत्व दिएर लगानी सम्मेलन गर्न लागेको हो । यसको लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन भएको छ ।

चैतमा हुने सम्मेलनको लागि सरकारले छिमेकी देश भारत, चीनदेखि युरोप र अमेरिकी देशका उद्योगी व्यापारीलाई निम्ता पठाउन सुरु गरेको छ । सरकारले यसपटक मध्यपूर्वका देशलाई पनि लगानी सम्मेलनमा उच्च महत्व दिएर बोलाउने भएको छ । 

‘अहिलेसम्म हामीले चार सयभन्दा धेरै उद्योगी व्यापारीलाई निम्ता गरिसकेका छौं, र केहीलाई पठाउने क्रममै छौं’, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यो पटकको सम्मेलनलाई हामीले राष्ट्रिय विकासको कोशेढुंगाको रुपमा हेरेका छौं, त्यसैअनुसार भव्य तयारी भैरहेको छ ।’

नेपालमा लगानी गर्नको लागि यसपटक कतार, यूएई, साउदी अरब लगायत मध्यपूर्वका देशले पनि चासो देखाएकाले ती देशका उद्योगी व्यापारीलाई पनि निमन्त्रणा गरिएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१