हिउँमा कठ्याङ्ग्रिएर भाईको मृत्यु, दाजु बाँचे

ssapana44@gmail.com' jamuna aryal
१० माघ २०७५, बिहीबार १४:१०

जुम्ला  जील्लाको सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । उनीसँगै हिउँमा कठ्याङ्ग्रिएर अचेत उनका दाजु बाँचे बुढाको सकुशल उद्धार गरिएको छ ।

मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी बर्षा र हिमपातका कारण लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि एकजनाको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्दार गरिए पनि मृतक भाइको भने बुधवार मध्यान्ह १२ बजे मात्रै शव भेटिएको थियो ।

दुवै दाजुभाइ जुम्लाको पातारासी गाँउपालिकास्थित पट्माराबाट राडीपाखी किनेर डाँफे लेक हुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै गरेको स्थानीयले बताएका छन् ।

शव भेटिएको स्थानमा करिब २ फिट बाक्लो हिउँ जमेकाले शव लैजान अप्ठ्यारो भएपछि घटनास्थलमै मृतकको दाहसंस्कार गरिएको उनका आफन्तीले जानकारी दिए ।

एर अचेत उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ । 

मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि एकजनाको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्दार गरिए पनि मृतक भाइको भने बुधवार मध्यान्ह १२ बजे मात्रै शव भेटिएको थियो । 

स्थानीय नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाँउपालिकास्थित पट्माराबाट राडीपाखी किनेर डाँफे लेक हुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै थिए । 

घर जान बाटो लागेका उनीहरु नाकुल्लीमा चलेको हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेका थिए । शव भेटिएको स्थानमा करिब २ फिट बाक्लो हिउँ जमेकाले शव घर लैजान अप्ठ्यारो भएपछि घटनास्थलमै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयले घटना भएको जानकारी समयमै नदिइ मृतकको दाहसंस्कार गरिएकाले यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१