वर्षा र हिमपातका कारण जनजीवन कष्टकर

ssapana44@gmail.com' jamuna aryal
९ माघ २०७५, बुधबार १३:४४

बेनी – वर्षा र हिमपातका कारण म्याग्दीको उच्च पहाडी क्षेत्र र मुस्ताङको जनजीवन प्रभावित बनेको छ। सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो। मुस्ताङको जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडकमा हिउँ जमेपछि जोमसोम-मुक्तिनाथ र जोमसोम-लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ। एक फिटसम्म बाक्लो हिउँ जमेको छ। बेनी-जोमसोम सडकको यातायात सेवामा हिमपातले असर गरेको छैन्। बुधबार बिहानसम्म यातायातका साधन भने चलिरहेका छन्। 

ठिनीका सुवास थकालीले चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको बताए। घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौरी, च्याङग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ। चरनका लागि छाडिएको छैन्। वर्षासँगै हावाहुरी पनि चलेको छ। 

पर्यटकीय स्थल सुनसान छन्। जोमसोम-पोखरा हवाई उडान हिमपात, हावाहुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । तारा एयरका कर्मचारी दुर्गा पुनले मंगलबारदेखि हवाई उडान नभएको बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१