नेपाल आइडल सिजन-२ अस्ट्रेलियामा

ssapana44@gmail.com' jamuna aryal
९ माघ २०७५, बुधबार १३:१४

सिड्नीगायनमा आधारित लोकप्रिय रियालिटी सो नेपाल आइडल सिजन-२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी अस्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन् । कन्सर्टमा नेपाल आइडल-२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् ।

नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरेर साथ दिनेछन् । कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । नेपाल आइडल-२ एपी वान टेलिभिजनको लोकप्रिय रियालिटी सो हो ।

आगामी फेब्रअरी ८ अर्थात् माघ २५ गते शुक्रबार सिडनीको लिभरपुल स्ट्रिटस्थित सार्क होटेलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल-लाइभ इन् सिडनी’ मा नेपाल आइडल-२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ मा पुग्न सफल गायकगायिकाहरू प्रस्तुत हुँदैछन् । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१