क्यान्सर केयर नेपालको प्रथम तथा सिता अर्गानिक एग्रो प्रालिको तेश्रो वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ माघ २०७५, बुधबार १०:४१

काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी क्यान्सर केयर नेपालको प्रथम तथा सिता अर्गानिक एग्रो प्रालिको तेश्रो वार्षिकोत्सव संयुक्त रुपमा मनाएको छ ।





नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आयोजित कार्यक्रममा विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितकोप्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सांसद कृष्ण राइ , रामेश्वर फुयाल , प्रदेश सांसद कल्पना नेपाली ,गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष माधब ढुंगेल , ड़ा स्वामी विकाशानन्द , ड़ा भोला रिजाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै सिता अर्गानिक एग्रो तथा क्यान्सर केयर नेपालकी अध्यक्ष सिता थापा भट्टराईले यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१