भिक्टोरिया बेकह्याम आफ्नो रगतबाट बनेको क्रिम प्रयोग गर्छिन्

ssapana44@gmail.com' jamuna aryal
८ माघ २०७५, मंगलवार १५:४६

काठमाडौं – यी अन्तर्राष्ट्रिय सेलिब्रेटी तथा फेसन डिजाइनरको जस्तो क्रिमको प्रयोग सायदै कसैले गर्नसक्छन् ।

सबैभन्दा महँगी फेसन डिजाइनर तथा पूर्वफुटबलर डेभिड बेकह्यामकी पत्नी भिक्टोरिया बेकह्याम आफ्नो रगतबाट बनेको क्रिमको प्रयोग गर्छिन् । हालसालै उनले यसबारे इन्स्टाग्रामको माध्यमबाट उनले  जानकारी दिएकी छिन् । ४४ वर्षीय फेसन डिजाइनरले प्रयोग गर्ने क्रिमको मूल्य १२०० पाउण्ड अर्थात् करिब १ लाख ७५ हजार पर्छ । उनले सामाजिक सञ्जालमा आफ्नो रगतबाट बनेको यो उत्पादन आफूलाई निकै मनपर्ने बताएकी छिन् ।

विक्टोरियाले आफ्नो क्रिमको बोतलको पहिलो रेन्जको अपेलोड गर्दै यो साता यी उत्पादनहरुको प्रयोग गर्ने जानकारी दिएकी हुन् । उनले आफू सुत्ने बेलामा पनि मास्क लगाएर सुत्ने गरेको बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१