राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्दो

ssapana44@gmail.com' jamuna aryal
८ माघ २०७५, मंगलवार १५:१७

काठमाडौं – राजधानीमा स्वाइन फ्लुको संक्रमण बढेको छ । राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जनाको घाँटीको र्यालको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा संक्रमण भेटिएको हो ।

सोमबार मात्रै ओम अस्पतालको आइसीयुमा ४७ वर्षीया महिलाको मृत्यु भएको थियो । तर, उनी निमोनियाले ग्रसित भएकाले मृत्यु भएको ओम अस्पतालले जनाएको छ । 

चिकित्सकीय भाषामा यसलाई मौसमी एन्फ्लूएन्जा (रुघाखोकी अन्तर्गत रहेको ‘एन्फ्लूएन्जा ए–एच वान एन वान’ भनिएको छ । 

यो त टेकुमा गरिएको परीक्षणबाट देखिएको तथ्यांक हो । चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन जटिल रहेको दावी गरेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१