डा. केसी विरुद्ध अनसनरत थापाको रहस्य खुलासा

ssapana44@gmail.com' jamuna aryal
८ माघ २०७५, मंगलवार ०९:१३

काठमाडौं  डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सँजाय ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ।

विद्यार्थीकाल देखि नै तत्कालीन विद्रोही माओवादीमा लागेका थापा माओवादीको भातृ संगठन वाईसिलएलको नाममा चन्दा असुली गरेको आरोपमा २०७० असारमा जिल्ला प्रहरी कायालय उदयपुरले सार्वजनिक अपराध सँजाय ऐनमा मुद्दा चलाएको प्रहरी अभिलेखबाट खुलेको छ ।

तिनै थापा उदयपुरको कटारीबाट सार्वजनिक अपराध मुद्दामा छुटेपछि उनी सिरहाको मिर्चैयामा २०७१ मा पेस्तालसहित पक्राउ परेपछि हतियार खरखजानमा मुद्दा खेपेको प्रहरीको क्रिमिनल डाटा सिष्टमबाट देखिएको छ।

त्यसअघि थापालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबगरबाट २०६७ जेठ २४ गते पेस्तोलसहित पक्राउ परेका थिए। तत्काली धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाल (बर्तमान प्रहरी प्रमुख) को कार्यकालमा ढल्केबगरबाट थापासहितका केही व्यक्तिलाई पक्राउ गरेका थिए। थापा हाताहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेख प्रहरीमा रहेपनि पूर्ण फैसलाका बारेमा प्रहरी बेखबर देखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१