उपत्यकासहित पश्चिम नेपालको मौसम बदली, पहाडी जिल्लामा हल्का वर्षा हुने

ssapana44@gmail.com' jamuna aryal
८ माघ २०७५, मंगलवार ०८:४१

काठमाण्डौ – अहिले उपत्यकासहित पश्चिम नेपालको मौसम बदली भएको छ । उपत्यकामा सामान्य र पश्चिमका धेरैजसो ठाउँको मौसम पूर्णरुपमा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावका कारण पहाडी जिल्लामा हल्का वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा भने बेलुकी वा रातिसम्ममा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । 

मंगलबारदेखि पश्चिमी वायुको प्रभाव नेपालतिर सरेकाले हल्का वर्षा र हिमपातको सम्भावना बढेको हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१