गर्भअवस्थामा किन अमृत समान मानिन्छ स्याउ ? जानी राख्नुहोस् यस्ता छन् फाइदा !

ssapana44@gmail.com' jamuna aryal
७ माघ २०७५, सोमबार १७:१६

काठमाडौं – गर्भावस्थाको बेला हरेक महिलाका लागि स्याउ यस्तो फल हो जसलाई प्रत्येक गर्भवती महिलाले आहारमा समावेश गर्नुपर्छ। यसले गर्भवती स्त्रीलाई धेरै तरिकामा लाभ दिन्छ।

पाचन प्रणालीलाई राम्रो बनाउन
गर्भावस्थाको विभिन्न चरणमा धेरै महिलाहरुले कब्जियतको समस्या झेल्नुपर्छ। यस्तोमा स्याउ खानु फाइदाजनक हुन्छ । स्याउमा  फाइबर पाइन्‍छ । जसले अपचको समस्या हटाउछ। यसको अतिरिक्त यससले बाउल मुभमेन्टलाई पनि गति बढाउँछ।

बलियो प्रतिरक्षा प्रणाली
जो महिलाले  गर्भावस्थामा स्याउको सेवन गर्छिन् उनको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । साथै कयौ तरहको इन्फेक्शनबाट पनि बचाउछ । यस्तो भिटामिन सी को उपस्थितिको कारणले हुन्छ ।

एनीमिया रोकथाम
गर्भवतीमा महिला शरीरमा आइरनको आवश्यकता बढि हुन्छ । यस्तो अवस्थामा स्याउ सेवन गर्नाले उनको आइरनको कमि हटाउन सकिन्छ । स्याउमा पर्याप्त मात्रामा आइरन पाइन्छ । जुन रगतमा हेमोग्लोबिनको स्तर वृद्धि गरी रक्तअल्पता हुनवाट रोक्छ ।

मुटुको धड्कन समस्या
गर्भावस्थामा छातिको जलन, एसिडिटी व हार्टबर्नको समस्या सामन्य हो । प्राय महिला सो समस्याबाट मुक्ति पाउन औषधिको साहारा लिने गर्छन् । तर यस प्रकारको समस्यालाई हटाउन स्याउ सहायक हुन्छ । स्याउको सेवनले छातिमा जलनबाट आराम मिल्छ ।
 
ऊर्जा पाइन्छ
स्याउमा चीनी जस्तो ग्लुकोज, सुक्र्रो र फ्रुक्टोस पाइन्छ, जसले तुरुन्तै ऊर्जा प्रदान गर्दछ। यसकारण, गर्भवती महिलाले सधैं आफ्नो झोलामा स्याउ राख्न आवश्यक छ । तपाइँलाई थकान , भोक वा लो ब्लड सुगर भए स्याउ सेवन गर्नुहोस् ।

हड्डीको वृद्धि
स्याउमा पाइने क्याल्शियम बच्चाको हड्डि विकासमा धेरै उपयोगी हुन्छ। यति मात्र होइन स्याउले गर्भवती महिलाहरूको हड्डीलाई पनि अझ बलियो बनाउँछ। यसकारण हरेक महिलाले गर्भावस्थामा स्याउ खानुपर्छ ।

स्याउमा फोलेट पाइन्छ जसले विभिन्न प्रकारका समस्या जस्तै स्पिन बिफिडा आदिको बचावमा मद्दत गर्छ । यो एक तंत्रिका ट्यूब दोष हो जुन बच्चाहरुमा विकास समस्याहरु हुन सक्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०