भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोन सार्वजनिक

ssapana44@gmail.com' jamuna aryal
७ माघ २०७५, सोमबार १७:११

काठमाडौं – भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउनेछ ।  भीभोको वाई सिरिजमा वाई ९१ आई वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभोले यी फोनहरुको स्लोगन बिगर ब्याट्री, मोर फन राखेको छ । भीभोका सन् २०१९ को शुरुवातमा नै आउने स्मार्टफोनहरुमा ठूलो साइजको स्क्रीन हुनेछ भने ड्यूल रियर क्यामरा पनि राखिनेछ ।

भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा पनि छ । यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ । यी दुबै स्मार्टफोनहरु वाटरड्रप नोच डिजाइनमा आउनेछन् ।

भीभो वाई ९१ आई मा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१