कलाकार गणेश न्याैपाने मुनालको निधन

ssapana44@gmail.com' jamuna aryal
७ माघ २०७५, सोमबार १७:००

काठमाण्डाै – वरिष्ठ कलाकार गणेश न्याैपाने मुनालको साेमबार निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको साेमबार बिहान वीर अस्पतालमा निधन भएको हो । मुनालले सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन, गोपी, अविरल बग्दछ इन्द्रावती लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ  ।

उहाँले धेरै टेलिश्रृंखलामा पनि अभिनय गर्नुभएको छ । २००७ सालमा जन्मेका मुनालको साेमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।  

उहाँले अभिनय गर्नुभएकाे नयाँ चलचित्र गोपी यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१