सात दिनदेखि २ वर्षीय नाबालक २५० फिट गहिरो खाडलमा, निकाल्ने प्रयास जारी

ssapana44@gmail.com' jamuna aryal
७ माघ २०७५, सोमबार १६:४४

स्पेनथाइल्यान्डको सुरुङमा किशोर फुटबलर फसेको सेलाउन नपाउँदै एकजना २ वर्षीय नाबालक २५० फिट गहिरो खाडलमा थुनिएको समाचारले अहिले विश्वको ध्यान तानेको छ  । 

यी नाबालाकको जीवन बचाउन अहिले विश्वभरबाट मानिसहरुले प्राथना गरिरहेका छन् । उद्धारका लागि शक्तिशाली मेसिनको सहयोगमा सुरुङ खन्ने काम भइरहेको छ। 

यो मामिला स्पेनको मलागा नामको सहर नजिकै भएको हो । अघिल्लो आइतवार जुलेन रोसेलो नामका एक बालक बाबुले खाना पकाइरहेका बेला बेपत्ता भएका थिए । त्यसपछि बालकको खोजी गर्ने क्रममा उनी २५० फिट गहिरो खाडलमा परेको पत्ता लागेको थियो । 

बालकको उद्धारका क्रममा सुरुङ खन्ने पहिलो प्रयास असफल भएको थियो । त्यसपछि उद्धार टोलीले अर्को सुरुङ्ग खन्ने काम थालेको थियो । समाचार अनुसार २० जनवरी अर्थात् आजसम्ममा उद्धारकर्मी बालक रहेको खाडलसम्म पुग्ने विश्वास गरिएको छ । 

उद्धारको लगातार प्रयास चलिरहे पनि अहिलेसम्म बालकसँग सम्पर्क हुन सकेको छैन ।बालक हराएको खाडल नजिकै केश भेटिएको थियो । त्यो केश डिएनए परीक्षणबाट खाडलमा फसेका बालक जुलेन नै भएको थाहा भएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१