यस्ता १२ पाप गर्ने मानिसलाई भगवान् शिवले कहिले माफ गर्नुहुन्न

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १५:१६

काठमाडौं — भगवान् शिवलाई जति सजिलै प्रसन्न गर्न सकिन्छ, त्यति सजिलै उहाँमा क्रोध पनि आइहाल्छ । उहाँको क्रोध प्रलयकारी हुन्छ । भगवान् शिवले आफ्नो तेस्रो आँखा खोलेको दिन संसार अन्त्य हुने निश्चित भएको बताइन्छ । 

शिवपुराणमा कार्य, व्यवहार, बोली र सोचबाट हुने १२ वटा पापको वर्णन आउँछ । त्यस्तो पाप गर्ने मानिसलाई भगवान् शिवले कहिले पनि माफ गर्नुहुन्न । त्यो व्यक्तिले कहिले पनि सुखी जीवन बिताउन पाउँदैन । 

यी हुन् १२ महापाप :

१. अर्काको पति वा पत्नीमाथि खराब नजर लगाउने वा उसलाई पाउने इच्छा गर्ने ।

२. अर्काको धन हडप्न खोज्ने ।

३. सोझो र निरपराध मानिसलाई कष्ट दिने, उसलाई हानि गर्ने, धनसम्पत्ति लुट्ने, उसका लागि बाधा उत्पन्न गर्ने योजना बनाउने ।

४. खराब बाटो हिँड्नका लागि आफैं तत्पर हुने । 

५. कुनै गर्भवती महिला वा रजस्वलामा रहेकी महिलालाई कटुवचन लगाउने वा उसको चित्त दुखाउने । 

६. कसैको मान सम्मानमा हानि पु–याउने उद्देश्य राखेर झूट बोल्ने । 

७. अर्काको कुरा काटेर बस्ने ।

८. धर्मले प्रतिबन्ध लगाएका खानेकुरा खाने वा धर्मविपरीत काम गर्ने । 

९. बालबालिका, महिला वा कुनै कमजोर जीवविरुद्ध हिंसा र असामाजिक कार्य गर्ने ।

१०. ब्राह्मणबाट वा मन्दिरबाट सामान चोर्ने वा गलत तरिकाले हत्याउने । 

११. गुरु, मातापिता वा पूर्वजको अपमान गर्ने ।

१२. रक्सी पिउने अनि दान गरेको कुरा फिर्ता लिने । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१