फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले उत्कृष्ट प्रदर्शन

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १५:०२

एजेन्सी – बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री यामी गौतम अभिनित फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले प्रदर्शनको पहिलो दिनदेखि नै बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । थोरै बजेटमा बनेका फिल्महरुको लिस्टमा यो फिल्मले धमाकेदार कमाई गर्दै अगाडि बढीरहेको छ ।

यस अनुसार यस फिल्मले अबको तीन चार दिनभित्रै १०० करोडको व्यापार गर्न सफल हुनेछ । यस फिल्मले प्रदर्शनको आठ दिन सम्ममा ७८.५४ करोडको व्यापार गरिसकेको छ । साथै शनिबार र आइतबाट पनि बम्पर कमाई गर्ने अनुमान गरिएको छ । 

गएको शुक्रबार अभिनेता इमरान हाशमीको फिल्म ‘ह्वाई चीट इण्डिया’ रिलिज भएको थियो । तर यस फिल्मले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । तसर्थ यस फिल्मको असफल प्रदर्शनको फाइदा विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ लाई भएको छ ।

यस फिल्मले प्रदर्शनको ५ दिनमै ५० करोडको व्यापार गरसकेको थियो भने ८ दिनमा ७८ करोडभन्दा बढी कमाइ सकेको छ । 

आदित्य धारको निर्देशन रहेको यो फिल्म जम्मा २५ करोडको लगानीमा निर्माण गरिएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०