माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाईन्

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १४:४२

आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डाेनेसियाकाे हाे ।

पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरकाे छत मर्मत गरिरहेका थिए  । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । 

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएकाे बिहीबार उनको निधन भयो । 

पूर्वी लम्बोर्क प्रहरीका अनुसार माेबाइलकाे पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगाे लगाइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०