राजपा अध्यक्ष मण्डलको संयोजकमा यादव

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १०:३९

काठमाण्डौँ – राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आजबाट महेन्द्रराय यादवले सम्हाल्दै हुनुहुन्छ ।

महाधिवेशन अघि चक्रिय प्रणालीबाट नेतृत्व सम्हाल्ने सहमति अनुरुप संयोजकको जिम्मेवारी आजबाट यादवले लिन लाग्नु भएको हो । राजपाको नेतृत्व सम्हाल्ने उहाँ तेस्रो व्यक्ति हो । २०७४ वैशाख ७ गते गठन भएपछिको लामो समय महन्थ ठाकुरले नेतृत्व सम्हालेपनि गत मंसिर पहिलो साता राजेन्द्र महतो संयोजक तोकिनु भएको थियो ।

राजपाले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी दिवसका अवसर पारेर ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१