सुर्खेतबाट श्रम स्वीकृती सेवा शुरु

ssapana44@gmail.com' jamuna aryal
६ माघ २०७५, आईतवार १०:३३

सुर्खेत – सरकारले आजबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृती सेवा प्रदान गर्ने भएको छ ।

कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुन:श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुन: श्रम स्वीकृती प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी अनुमति पाएका संस्था, तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने बताइएको छ ।  

वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट र गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृती लगायतका सेवा प्रदान गर्न सुरु गरेको थियो ।

http://bit.ly/2FJrkiB

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१