पतिले बलात्कार गरेको भन्दै मुद्दा दर्ता

ssapana44@gmail.com' jamuna aryal
४ माघ २०७५, शुक्रबार १०:१९

परासी – पछिल्लो समय बलात्कारका मुद्दा बढेकाछन् । यसैबीच, पतिले बलात्कार गरेको भन्दै पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा दुई वटा मुद्दा दर्ता भएका छन्। मुद्दा दर्ता गराउनेमा रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका दुई महिला छन्। पुस दोस्रो साता उनीहरूले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। इच्छाविपरीत जबर्जस्ती यौन सम्बन्ध राखेको भन्दै मुद्दा परेपछि अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको भट्टले बताए।

बलात्कारका मुद्दा दिने श्रीमती र श्रीमानबीच अदालतमा अंश मुद्दा र सम्बन्ध विच्छेदका मुद्दा चलिरहेका छन्। मुद्दा दिने दुवै जनाका सन्तान छन्। मुद्दा दिनेमा ३० देखि ४० वर्षसम्मका महिला छन्। एक दम्पतीका दुई छोरी छन् भने अर्को दम्पतीका एक छोरा छन्। उनीहरूको ८ वर्षअघि विवाह भएको हो। छोराछोरीलाई समेत हेरचाह नगरी आफूखुसी हिँड्ने गरेका कारण छुट्टै बस्ने गरेको पीडित महिलाले जनाएका छन्।

हेरचाह पनि नगर्ने र उल्टै सम्बन्धविच्छेद र अंश दिएर छुट्ट्याउने भन्दै श्रीमानले अदालतमा मुद्दा दिएको महिलाले जनाएका छन्। त्यसरी मुद्दा दिएपछि महिलाहरू श्रीमानप्रति आक्रोशित भएको प्रहरीको बुझाइ छ। त्यसरी मुद्दा दर्ता गराएका महिलाले तत्काल स्वास्थ्य परीक्षण(मेडिकल जाँच) गराउने गरेको पाइएको छ। प्रमाणका आधारमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

उजुरीबाहेक पनि केही महिला इच्छाविपरीत श्रीमानले यौन सम्बन्ध राख्ने गरेको भन्दै प्रहरी कार्यालयमा आउने गरेको प्रहरीले जनाएको छ। लामो समयदेखि श्रीमान््सँग अलग बस्दै आए पनि इच्छाविपरीत धम्क्याएर यौन सम्पर्क गर्ने गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। आफूहरूलाई हेरचाहसमेत नगर्ने र कोठामा एक्लै भएको मौका छोपेर जबर्जस्ती गर्न आउने गरेको पीडित महिलाको भनाइ छ।

मुलुकी अपराध संहितामा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे ५ वर्षसम्म कैद हुने व्यवस्था छ। तर, कानुनअनुसार दर्ता भएका दुई मुद्दा भने वैवाहिक सम्बन्ध कायम नभएको अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१