जान्नुहोस् तपाईको माघ ४ गते देखि १० गते सम्मको राशिफल

ssapana44@gmail.com' jamuna aryal
४ माघ २०७५, शुक्रबार ०९:५६

काठमाण्डौँ – रामप्रसाद सिटौला (फलित ज्योतिष), माघ ४ गते देखि १० गते सम्मको राशिफल

मेष 

समकक्षीबीच आफ्नो छवि लोकप्रिय हुँदै गएको अवस्था छ, जसलाई यथास्थितिमा राख्न विदेश भ्रमण गर्नु श्रेयष्कर हुन्छ । प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा यदाकदा ठाकठुक परे पनि एक–अर्काबीच विश्वासको वातावरण बन्दै जानेछ । भीडभाडमा यात्रा गर्दा बहुमूल्य सर–सामानप्रति चनाखो रहनुपर्नेछ ।       

वृष 

मनग्य लगानि गरी थालिएको कामले उल्टो परिणाम दिँदा निराशा उत्पन्न हुन सक्छ । अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ, परिस्थिति हेरी निर्णय गर्नुहोला । केही समयको अन्तरालमा साथीहरूसँग भेटघाट भै मनोरञ्जनमा सहभागी हुँदा समय तथा स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्याले पिरोल्न सक्छ ।   

मिथुन

सिर्जनात्मक कार्यले जीवनसंगीसित रहेको वैचारिक मतभिन्नता समाप्त हुनेछ । अधुरो रहेको लामो समयदेखिको मनोरञ्जन तथा विलासी चाहना पूरा हुनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ ।    

कर्कट 

आफ्नो धरातल बिर्सिएर अर्काको नक्कल गर्न खोज्दा बढी मूल्य चुकाउनुपर्नेछ । प्रेमी–प्रेमिकाको द्वैध मनस्थितिले आफ्नो विचारमा परिवर्तन ल्याउन सक्छ । राज्यस्तरबाट दिइएको जिम्मेवारीप्रति बेवास्ता गरे ठूलो नोक्सानीको फन्दामा परिनेछ । खरानी रंगको पहिरनवाट समस्या निवारण गर्न ऊर्जा प्राप्त हुनेछ । 

सिंह 

विरोधीहरूलाई आकर्षित गर्दै मान–सम्मान हासिल गर्न सकिनेछ । आफ्नो व्यक्तित्व उचाइमा पुग्ने  सम्भावना छ । प्रेमिकाबाट अनपेक्षति उपहार प्राप्त होला । नीलो रंगको पहिरन प्रयोग गर्दा त्रुटिहरूलाई समायोजन गर्ने क्षमता वृद्धि हुनेछ । हेलचेक्र्याइँपूर्ण गरिएको यात्रामा आर्थिक तथा मानसिक तनाव सामना गर्नुपर्ने हुनसक्छ ।  

कन्या

धन आर्जन गर्ने अवसर जुट्नेछ । मनमा हौसला बढ्नुका साथै नयाँ काम थाल्ने प्रेरणा प्राप्त हुनेछ । लगानीको क्षेत्रमा सन्तोषजनक प्रतिफल हात लाग्ला । मान–सम्मान समेत पाइनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । ठूला व्यक्तिको सुझावबाट घरेलु समस्या समाधान गर्न सकिनेछ । 

तुला  

आफ्नो हैसियत बिर्सिएर अर्काको देखासिकी गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । सरकारी तथा निजी क्षेत्रमा ढिलै भए पनि अवसर हात लाग्ने सम्भावना छ । सोमबारपछिका दिनमा सही मार्ग पहिल्याउन सहज हुनेछ । रातो रंगको पहिरनले करियर बनाउन सहयोग गर्न सक्छ ।    

वृश्चिक 

ईष्र्या गर्नेहरूलाई लोभ्याउन सकिनेछ । मन मिल्ने साथी फेला पर्नेछन् भने मायाको गाँठोसमेत कसिने सम्भावना छ । अवसरहरू हात पार्न स्वयं सक्षम भइनेछ । अर्काको जुक्ति बुद्धिबेगर नै सर्वोत्कृष्ट सावित हुन सकिनेछ । पर्याप्त विचार नगरी अरूलाई वचन दिँदा आफैंलाई घाटा हुनसक्छ ।      

धनु  

पराक्रमले अरूलाई आकर्षित गर्न सकिनेछ । विपरीत लिंगीहरूबाट प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । पारिवारिक जमघटमा रमाउने वातावरण सिर्जना होला । महँगा तथा विलासिताका सामग्री बिनामोलतौल किनबेच नगर्नुहोला । साताको अन्त्यमा स्वास्थ्य प्रतिकुल हुनबाट जोगिनुपर्नेछ । 

मकर 

पारिवारिक सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकाबाट आफूलाई मन पर्ने उपहार प्राप्त हुँदा मन हर्षित हुनेछ । विगतमा भएका गल्तीहरू सच्याउँदै अघि बढ्ने समय आएको छ । यात्रामा गरिने अनावश्यक खर्चले मानसिक तनाव सिर्जना गर्न सक्छ । खर्च, विवाद एवं उदासीनताबाट टाढा रहनुमै आफ्नो कल्याण छ ।

कुम्भ 

साथीभाइमाझ नौलो परिचय दिन सकिनेछ । गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारहरूबीच मत मिल्नेछ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन्, सचेतनाले आफ्नै हित गर्नेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन

वादविवादमा अल्झिएका काम फत्ते हुनेछन् । आकस्मिक भ्रमणमा खराब विचार भएकाहरूसँग भेट हुन सक्छ, सचेत हुनुहोला । प्रलोभन देखाईं तपाईंको प्रतिष्ठामा चलखेल हुनसक्छ, ध्यान पुर्‍याएर निर्णय लिनुहोला । आफूभित्रको क्षमता प्रदर्शन गर्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पारी धन आर्जन गर्न सफल भइनेछ ।

http://bit.ly/2FEQgrj

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१