यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

ssapana44@gmail.com' jamuna aryal
४ माघ २०७५, शुक्रबार ०९:५१

काठमाण्डौँ – मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारले गत पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको हो ।

बिहिबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।

यी हुन् निर्णयहरू :

१. मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधा वापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

२. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

३. लगानी सम्मेलन, २०१९ गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

४. कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरिएको छ ।

५ Implementation Agreement of China Aid on Oil and Gas Resources Survey Project in Nepal स्वीकृत गरिएको छ ।

६. प्रहरी (छैठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

७. विरेन्द्रनगर नगरपालिकामा शीतभण्डार निर्माणका लागि विनियोजित रु. ५० लाख Line Ministry Budget Information System (LMBIS)  मा प्रविष्टि गर्ने निर्णय गरिएको छ ।

८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जी टु जी प्रक्रिया अबलम्बन गरी रेल गाडी खरिद कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिइएको छ ।

९. जनशक्ति क्षमता विकास प्रतिष्ठानसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

१०. प्रदेश स्वास्थ्य निर्देशनालय लगायतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने निर्णय गरिएको छ ।

११. नेपाल पानीजाहाज कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको छ ।

१२. आन्तरिक शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

१३. ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम’ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१