नवलपरासीका ५ सय जनालाई कृत्रिम अंग प्रदान

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १६:५८

काठमाडौं– चौधरी फाउण्डेसनको पहल तथा भारतीय दूतावासको सहकार्यमा नवलपरासीका ५ सय जनालाई कृत्रिम अंग प्रदान गरिने भएको छ। 

चौधरी फाउण्डेसनको पहलमा भारतको महावीर विलाङ्ग सहायता समिति जयपुरले कृत्रिम अंग सहयोग गरेको छ। जसमा हातखुट्टा रहेका छन्। अपाङ्गता भएका नवलपरासीका कुल ५ सय जनालाई कृत्रिम हातखुट्टा निःशुल्क रुपमा प्रदान गरिने भारतीय दूतावासले जनाएको छ। 

दूतावासले काठमाडौं र नवलपरासीमा ‘जयपुर फुट/नि आर्टिफिसियल लिम्ब फिटमेन्ट क्याम्प’ आयोजना गरेको छ। काठमाडौंमा आइतवार नर्भिक अस्पतालमा आयोजित शिविरको भारतीय राजदूत मञ्जिवसिंह पुरीले उदघाटन गरे। उद्घाटन समारोहमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भगवान महावीर विकलाङ्ग सहायता समिति जयपुरका संस्थापक तथा संरक्षक प्रमुख डिआर मेहता, चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो। उनीहरुले हातखुट्टा गुमाएका व्यक्तिहरुलाई कृत्रिम जयपुर फुट प्रदान गरेका थिए। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१